• बुधबार, साउन १३ २०८३

२४ घण्टामा ५ हजार २९२ जना संक्रमण पुष्टि, ८ हजार १९१ जना संक्रमणमुक्त


सोमबार, माघ १७ २०७८
670
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार