
चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन थुनामा बस्नुपर्ने भएको छ। जिल्ला प्रहरी कास्कीले अदालतबाट थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो।
ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका उनलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको हो।
आइतबार तेस्रो पटक थप ११ दिन म्याद थपिएको हो। यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिन म्याद थपेर लाउरेलाई हिरासतमै राखिएको थियो।


