tf]/L;Fu} /dfpFb} cfGtl/s ko{6s
unsf]6, !^ df3 M DofUbL lhNnfsf] a]gL gu/kflnsf! /Tg]rf}/sf] kmfF6df /x]sf] tf]/Ldf /dfpFb} cfGtl/s ko{6s . clxn] pQm :yfg efO/n tf]/Laf/Lsf ?kdf k|rlnt ePsf] 5 . t:jL/M v]d/fh uf}td÷/f;;

म्याग्दीको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका-१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो।
कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।



वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो। उनले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताए।
‘तोरीबारीमा घुम्न आउने पर्यटकबाट स्थानीयले धेरै कुराहरू सिक्न पाइरहेका थिए। त्यसैले हामीले माघ १५ देखि २० गतेसम्म तोरी महोत्सव आयोजना गर्ने योजनासमेत बनाएका थियौं।
बजेट विनियोजन गरेर जिल्ला प्रशासन कार्यलयमा अनुमति माग्दा कोभिडका कारण भीडभाड हुने कार्यक्रम सञ्चालन नगर्न आदेश आयो,’ वडाअध्यक्ष रावलले भने, ‘हामीले कार्यक्रम स्थगित गरेका छौं।’

