• आइतबार, भाद्र २१ २०८३

२४ घण्टामा ३ हजार ५४० जनामा संक्रमण पुष्टि, थप ३२ जनाको मृत्‍यु


आइतबार, माघ १६ २०७८
630
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार