• शुक्रबार, असोज २ २०८३

दुर्गेशको नयाँ गीत ‘पैसा’ बिबादमा


आइतबार, माघ १६ २०७८
1K
Shares

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् ।

जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् । रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।

भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् । गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार