

गोरखा । गाेरक्षनाथ वैदिक गुरुकुल प्राथमिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई गाेरखा जेसिजले न्यानाे कपडा सहयाेग गरेकाे छ ।
गोरखा नगरपालिका ६ काे दरबारमार्गमा रहेकाे साे विद्यालयमा आवासिय रुपमा अध्ययनरत बिधार्थीलाई जेसिजले चिसाेबाट बच्न १२ थान फाइबर सिरक सहयाेग गरेकाे हाे ।
गोरखा बसपार्कमा रहेकाे नमस्ते माेबाइल सेन्टरकाे बिशेष आर्थिक सहयाेग तथा गोरखा जेसिजमा आवद्ध रहेका युवाहरुबाट संकलित रकमबाट खरिद गरिएकाे फाइबर सिरक शनिबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विधालयलाई हस्तान्तरण गरेका हुन ।


कार्यक्रम संयाेजक ऋृषि श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मेयर पन्तले गुरुकुल ब्यवस्थापन समितीका अध्यक्ष पुष्पा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । गुरुकुलमा २४ जना बिधार्थी आवासिय रुपमा अध्ययनरत छन् ।
कार्यक्रममा बाेल्दै मेयर पन्तले सामाजिक कार्यमा नगर र जिल्लाभरका थप युवाहरुलाई अग्रसर गराउन र एकतावद्ध बनाउन जेसिजलाई आग्रह गरे ।

कार्यक्रममा गोरखा जेसिजका अध्यक्ष शैलेन्द्र भट्ट, वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्याल, वडासदस्य समेत रहेका गोरखा जेसिजका पूर्व अध्यक्ष आनन्द गुरुङ (काजी), गुरुकुलका अध्यक्ष पुष्पा श्रेष्ठ, गोरखा जेसिजका कार्यकारीणी उपाध्यक्ष दिनेश दानी लगायतले मन्तब्य राखेकाे महासचिव पुष्कर गुरुङले जानकारी दिए ।
गोरखा जेसिजले यसअघि समेत बिभिन्न सामाजिक कार्यमा अग्रसरता लिदै आएकाे छ ।

