• शुक्रबार, असोज २ २०८३

गोरखाका सिडिओलाई गृहमन्त्रीकाे फोन, यस्ताे छ निर्देशन


शनिबार, माघ १५ २०७८
645
Shares

गोरखा । गृहमन्त्री बालकृष्ण खाणले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई टेलिफोन गरेका छन् । गृहमन्त्री खाँडले प्रजिअ आचार्यलाई टेलिफोन गरेर जिल्लाकाे वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।

गोरखामा हिमाली क्षेत्र समेत रहेकाले हिमपात र चिसाेबाट नागरिकलाई जाेगाउने उपाय अपनाउन प्रजिअ आचार्यलाई गृहमन्त्री खाँडले निर्देशन समेत दिएका छन् ।

त्यस्तै कोभिड–१९ काे सङ्क्रमण अवस्था लगायत र राेकथामका लागि जिल्लामा भइरहेकाे पहलकदमीका बारे समेत उनले जानकारी लिएकाे बताइएकाे छ ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, हिमाल क्षेत्रमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिएकाे गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।

यता गोरखाका प्रजिअ आचार्यले भने गृहमन्त्रीसंगकाे कुराकानी पत्रकारलाई बताउन जरुरी नरहेकाे प्रतिकृया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार