• शुक्रबार, असोज २ २०८३

सामाजिक सुरक्षा रकम हिनामिना गरेको आरोपमा वडा सचिव सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा


शुक्रबार, माघ १४ २०७८
905
Shares

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयका वडा सचिव सरिता राउतसमेत ३ जना माथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राउतसहित तीन जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

वडा कार्यालयबाट गएको २०७७ चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा अनुसन्धान हुँदा सो रकम हिनामिना गरेको पाइएको थियो।

वडा सचिव राउत र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र कार्यालयमा राउत, गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको थियाे।

साथै, दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निल प्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार