• शुक्रबार, असोज २ २०८३

महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ


शुक्रबार, माघ १४ २०७८
550
Shares

Central Cyber Bureau, Kathmandu

ब्ल्याकमेलिङ गरी महिलालाई दु:ख, हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो। 

शुक्रबार वैदेशिक रोजगारबाट स्वदेश फर्किने क्रममा: उनलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयसँग समन्वय गरी पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनले एक महिलालाई दुख हैरानी दिई ब्ल्याकमेलिङ गरेको आरोप छ। 

ब्युरोका अनुसार उनले आफू वैदेशिक रोजगारमा हुँदा फेसबुकमार्फत् एक महिलासँग चिनजान गरेका थिए। त्यसरी चिनजान भएपछि उनले महिलालाई मेसेन्जरमा कुराकानी गरी फकाएर, धम्क्याएर र प्रलोभनमा पारेर दु:ख, हैरानी गरेको आरोप छ।

 

मुक्तिनाथले महिलाको नग्न तस्बिर/भिडिओ प्राप्त गरी श्रीमान् तथा अन्य आफन्तजनलाई सार्वजनिक गर्ने भन्दै ब्ल्याकमेल गरेको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए। 

त्यसअनुसार उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्युरोले मुद्दा दर्ता गरेको थियो। तर उनी फरार सूचीमा  थिए। फरार रहेका उनलाई नेपाल फर्किनेक्रममा पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार