• शुक्रबार, असोज २ २०८३

गौतमबुद्ध रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाउन खेलकुदमन्त्रीको निर्देशन


शुक्रबार, माघ १४ २०७८
640
Shares


युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री गहतराजको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित टोली बिहीबार चितवन पुगेर रंगशालाको स्थलगत निरीक्षण गरेको हो । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरीक्षण गरेको हो। 

निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाबारे भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रियामा सहभागी हुन चितवन पुगेका मन्त्री अथकले रंगशालाको निरीक्षण तथा अवलोकन गरेका हुन्। 

रंगशाला निरीक्षणपछि बोल्दै मन्त्री अथकले निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाए। उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यही आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिए।

नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए।

उनले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन्। रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशिघ्र सार्वजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेसनलाई आग्रह गरेका छन्। 

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेसनले परियोजनाबाट हात झिकेपछि निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ। अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुश–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल लगायत सहभागी थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार