• बुधबार, साउन १३ २०८३

भारतमा २४ घण्टामा नयाँ संक्रमितमा १३ प्रतिशतको कमी, ६२४ को मृत्यु


शुक्रबार, माघ १४ २०७८
610
Shares

भारतमा बिहिबार २ लाख ४८ हजार ६५३ नयाँ संक्रमित भेटिएका छन् । यतिबेला ३.८ लाख निको पनि भएका छन् भने ६२४ जनाको मृत्यु भएको छ ।

यसअघि बुधबार २,८६,३८४ जना संक्रमित भेटिएका थिए र ५७३ जनाको मृत्यु भएको थियो । अघिल्लो दिनको तुलनामा ३७,७३१ कम संक्रमित भेटिएका छन् अर्थात् नयाँ संक्रमितमा १३ प्रतिशतको कमी देखिएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या २०.९७ लाख छ । महामारीको सुरुवातदेखि अहिलेसम्म देशमा करिब ४.०६ करोड जना संक्रमणको चपेटामा आइसकेका छन् । यसैबीच ८ राज्यमा कोरोनाको स्थितिबारे केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले समीक्षा बैठक गर्नेछन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार