• शुक्रबार, असोज २ २०८३

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा


शुक्रबार, माघ १४ २०७८
785
Shares

पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।

विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ ।

बुधबार प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, उक्त समयावधिमा पनि कुनै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाइब्रेकरमा पुगेको खेल मनाङले बाजी मारेको हो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको सुरुआती केही मिनेटमै मनाङ मर्स्याङ्दीले अग्रता लिने मौका गुमाएको थियो । यसअघि २०७२ सालको आहारारा गोल्डकपको फाइनलमा आर्मी र मनाङ मर्स्याङ्दी भिडेका थिए । उक्त खेलमा पनि मनाङसँग आर्मी १-० ले पराजित हुन पुगेको थियो  ।

मनाङ आहा रारा गोल्डकपको सर्वाधिक विजेतामध्येमा पर्छ । मनाङले ६ पटक उपाधि चुम्दा जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेको छ ।मनाङ जारी सिजनमा पोखरा रंगशालामा शतप्रतिशत नतिजा ल्याउन सफल छ ।

एपीएफ आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनल यात्रा पुगेको हो भने सर्वाधिक उपाधि विजेता बनेको मनाङ मर्स्याङ्दी आफ्नो विजेता इतिहासलाई कायम राख्ने दाउमा छ । उपाधिका लागि शनिबार पोखरा रंगशालामा मनाङमर्स्याङ्दी र एपीएफ मैदान उत्रिनेछन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार