• बुधबार, साउन १३ २०८३

भारतमा २ लाख ८४ हजार कोरोना संक्रमित थपिए, ५७४ को मृत्यु


बिहिबार, माघ १३ २०७८
1.2K
Shares

भारतमा बुधबार २ लाख ८४ हजार ४६० नयाँ कोरोना संक्रमित भेटिएका छन् । यतिबेला ३.७६ लाख मानिस निको भए जबकी ५७४ को मृत्यु भएको छ ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा १,४५४ को कमी आएको छ । यसको एकदिन अघि मंगलबार २,८५,९१४ जना संक्रमित भेटिएका थिए र ६५९ जनाको मृत्यु भएको थियो ।

हाल देशमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २१.९५ लाख छन् ।महामारीको सुरुवातदेखि हालसम्म देशमा करिब ४.०३ करोड जना संक्रमित भइसकेका छन् । यस्तै, दिल्लीमा कोरोनाको स्थितिमाथि दिल्लीको डिजास्टर म्यानेजमेन्ट अथोरिटीले छलफल गर्ने भएको छ । यो छलफल बिहिबार दिउँसो पौने एक बजे बस्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार