• शुक्रबार, असोज २ २०८३

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड


बिहिबार, माघ १३ २०७८
735
Shares

दमौली। तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ ।

ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो । सन् २०२०/२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेको र विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको बस्नेतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार