
मोरङमा ८० वर्षीय दल बहादुर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीले बुवाको घाँटी थिचेर हत्या गरेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बेलबारी र अस्थायी प्रहरी चौकी डाँगाबजारको टोलीले बुधबार राति पक्राउ गरेको छ।
मादक पदार्थ पिएर मातेका जयले घरायसी विवादका क्रममा झगडा हुँदा बुबालाई कुटपिट गरेर घाँटी थिचेका थिए। उनलाई बुवाको हत्यापछि घटनास्थलबाटै पक्राउ गरी प्रहरीले हिरासतमा लिएको हो।
