


गोरखा । २०७८ सालकाे जनगणनाकाे प्रारम्भिक नतिजा सार्वजानिक भएकाे छ । बुधबार केन्द्रिय तथ्यांक विभागले भर्चुअल माध्यमद्धारा जनगणनाकाे तथ्यांक सार्वजानिक गरेकाे हाे ।
जसअनुसार नेपालकाे जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेकाे विभागले सार्वजानिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

अघिल्लो पटक २०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । विवरण हेर्दा नेपालकाे जनसंख्या करिब २७ लाख भन्दा बढिले बढेकाे देखिन्छ ।
यता जनगणना अनुसार गोरखा जिल्लामा भने जनसंख्या घटेकाे छ । यसअघि २०६८ सालमा भएकाे जनगणना अनुसार गाेरखाकाे जनसंख्या २ लाख ७१ हजार ६१ रहेकाे थियाे ।
जसमा पुरुष १ लाख २१ हजार ४१ जना रहेका थिए भने महिलाकाे संख्या १ लाख ५० हजार ५० जना थियाे ।



तर १० बर्षपछि भएकाे जनगणनाकाे प्रारम्भिक नतिजा अनुसार गोरखाकाे जनसंख्या माइनस शुन्य दशमलव ६९ प्रतिशतले घटेकाे तथ्यांक कार्यालयका प्रमुख महेश प्रसाद ढुंगानाले सिभिलखबरलाई बताए ।

भरखरै सम्पन्न जगनणना अनुसार गोरखाकाे जनसंख्या २ लाख ५१ हजार ४९ जना रहेकाे बताइएकाे छ । जसमा पुरुषकाे संख्या १ लाख १८ हजार ७ सय ७१ र महिलाकाे संख्या १ लाख ३२ हजार २ सय ७८ रहेकाे ढुंगानाले जानकारी दिए ।
१० बर्षकाे अन्तरमा भएकाे जनगणना अनुसार गोरखाकाे जनसंख्या २० हजार १२ जनाले घटेकाे छ । तथ्यांक अनुसार गोरखा नगरपालिका, धार्चे र चुमनुब्री गाउँपालिकामा मात्रै प्लसमा जनसंख्या बृद्धिदर रहेकाे र अन्य ८ पालिकाकाे भने माइनसमा बृद्धिदर रहेकाे छ ।
जनगणनाकाे प्रारम्भिक तथ्यांक अनुसार गोरखामा ६८ हजार ४ सय ४ घरधुरी रहेकाे र परिवार संख्या भने ७२ हजार ९ सय ६८ रहेकाे कार्यालय प्रमुख ढुंगानाले बताए ।

हेर्नुस गोरखाका ११ स्थानीय तहकाे विवरण
