• शनिबार, असोज ३ २०८३

यस्तो छ भूमि पेडनेकर र राजकुमार रावको ‘बधाइ दो’ को ट्रेलर (भिडिओ)


बुधबार, माघ १२ २०७८
820
Shares

बलिउड अभिनेत्री भूमि पेडनेकर र अभिनेता राजकुमार रावको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘बधाइ दो’ को ट्रेलर सार्वजनिक भएको छ। 

‘राजी’, ‘बरेलीकी बर्फी’, ‘बधाइ हो’, ‘तलवार’ जस्ता सुपरहिट फिल्म बनाइसकेको निर्माण टोलीले अहिले ‘बधाइ दो’ मार्फत् पनि नयाँ कथा पस्किएको छ।

फिल्ममा भूमि र राजकुमार विवाहित जोडी हुन्छन्।तर उनीहरू एकअर्कालाई चाहँदैनन्। सम्झौता जस्तो गरेर बिहे गरेका उनीहरूको कथाले कुन रूप लिन्छ, त्यो फिल्मले पक्कै देखाउनेछ।

भूमि र राजकुमारका साथै सीमा पवा, शिजा चड्डा, लभ्लीन मिश्र, नितेश पाण्डे, शशी भुसन, चुम डराङ र दीपक अरोराको पनि फिल्ममा प्रमुख भूमिका छ।

यो फिल्म आगामी ११ फेब्रुअरीमा रिलिज हुँदैछ।हर्षवर्द्धन कुलकर्णीको निर्देशनमा बनेको यो फिल्म निर्माण विनित जैनले गरेका हुन्। 

हेर्नुस् ट्रेलरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार