
यसपटकको जनगणना अनुसार २०६८ को तुलनामा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशत बढेको छ।
२०७८ को जनगणनाको प्रारम्भिक नतिजाले ४ लाख ६ हजार १०३ महिला अर्थात् १८.७२ प्रतिशत महिला रहेको देखिएको छ।

१० वर्षअघि विदेशिनेमा महिला २ लाख ३७ हजार ४०० अर्थात १२.३६ प्रतिशत थिए।प्रारम्भिक नतिजा अनुसार हाल २१ लाख जनसंख्या विदेशमा रहेका छन्।
तथ्यांक विभागका अनुसार १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत पुरुष विदेशमा छन्।
२०६८ सालमा विदेशमा बसोबास गर्नेको संख्या १९ लाख २१ हजार ४९४ थियो।जसमा पुरुष १६ लाख ८४ हजार २९ र महिला २ लाख ३७ हजार ४०० अर्थात १२ प्रतिशत रहेको थियो।

