• शनिबार, असोज ३ २०८३

नेपालको जनसंख्या कुन प्रदेशको कति ?


बुधबार, माघ १२ २०७८
740
Shares

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। 

तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार उक्त जनसंख्या देखिएको हो। 

सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।    

यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार