
नेपालमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ।
२०७८ को जनगणनाअनुसार काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ मात्रै रहेको छ।
धेरै जनसंख्या हुनेमा दोस्रोमा मोरङ, तेस्रोमा रुपन्देही, चौथोमा झापा र पाँचौमा सुनसरी जिल्ला रहेको छ।
कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ दोस्रो, डोल्पा तेस्रो, रसुवा चौथो र हुम्ला पाँचौँ स्थानमा पर्दछन्।

