• शनिबार, असोज ३ २०८३

जंगली बँदेल धपाउँदा आक्रमण : वृद्धको मृत्यु, तीन घाइते


बुधबार, माघ १२ २०७८
620
Shares

जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।

दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो।

उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मंगलबार मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

सोमबार साँझ बँदेल धपाउन खोज्दा उनीहरुमाथि आक्रमण भएको थियो।

आक्रमणबाट जोशीसहित बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए। अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार