• बुधबार, साउन १३ २०८३

६ दिन विद्यालय खोल्ने सरकारको निर्णय, यस्ताे छ कारण


बुधबार, माघ १२ २०७८
645
Shares

सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार