• शनिबार, असोज ३ २०८३

देशभरका ३८ भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू


बुधबार, माघ १२ २०७८
835
Shares

आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए।

दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न आवश्यक सबै पूर्वाधारको एकीकृत विकासमा जोड दिएको उनको भनाइ छ।

यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरण गर्ने तयारीमा रहेको पनि उनले बताए। महानिर्देशक सापकोटाका अनुसार अहिले देशभर ३८ वटा भन्सार कार्यालय छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार