• बुधबार, साउन १३ २०८३

गोरखामा ४ सय नजिक पुग्याे सक्रिय संक्रमितकाे संख्या


मंगलबार, माघ ११ २०७८
555
Shares

गोरखा । गोरखामा सक्रिय संक्रमितकाे संख्या ४ सय नजिक पुगेकाे छ । आज मंगलबार ३० जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा सक्रिय संक्रमितकाे संख्या ३ सय ९८ जना पुगेकाे हाे ।

आज थपिएकामध्ये ११ महिला र १९ पुरुष रहेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।

कोरोना परिक्षणको क्रममा गोरखा अस्पतालमा ६ महिला र ९ पुरुष, पालुङटारमा एक महिला, गण्डकीमा ६ पुरुष, आरुघाटमा तीन महिला र एक पुरुष र चुमनुब्रीमा एक महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएकाे छ ।

आज गोरखामा ५५ जनाको नमुना परिक्षण गर्दा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार