• शनिबार, असोज ३ २०८३

कतारमा १४ नेपाली अलपत्र, उद्धारको पहल गरिदिन आग्रह


मंगलबार, माघ ११ २०७८
745
Shares

Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay

दोहा– रोजगारीका लागि कतार पुगेका १४ नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर कतार पुगेका उनीहरू दुई महिनादेखि अलपत्र छन् ।

काठमाडौँको बालुवाटारस्थित कन्टिनेन्टल एचआरडी कन्सल्टेन्ट्स प्रालिमार्फत कतारको ए टु जेट सर्विसेज कम्पनीमा काम गर्न पुगेका उनीलाई कम्पनीले काम नदिएर अलपत्र पारेको पीडित मध्येका धनुषाका लक्ष्मी दासले बताए ।

उनीहरुका अनुसार कन्टिनेन्टल एचआरडीका निर्देशक केशव खनाललाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर अफिस ब्वाईको काम गर्ने सम्झौता गरे पनि कम्पनीले काम नदिएको उनीहरूको गुनासो छ । अहिले उनीहरू कतारको सानैयास्थित ३७ क्याम्पको कोठामा बसेका छन् ।

‘हामी नोबेम्बर १४ तारिखमा यहाँ आएका हौँ, हामी आएका ४१ जनामध्ये अरुले जसोतसो काम पाएका छन्,’ लक्ष्मीले भने, ‘हामीले जम्मा आठ दिन मात्र काम गर्न पायौँ, त्यसपछि कम्पनीले काम दिएको छैन । हामी दुई महिनादेखि कामबिहीन भएर कोठामै बसिरहेका छौँ।’

आएको दुई महिना हुँदासम्म पनि कम्पनीले कुनै वास्ता नगरेको, बिरामी हुँदा हेरचाह नगरेको र कम्पनीले आफूहरूलाई अहिले काम छैन भनेको दासले बताए । खबरहव

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार