मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि कम्तीमा ३ दिन अर्थात् बिहीबारसम्म देशका विभन्नि स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला (मंगलबार बिहान) देशभर मौसम आंशिक (थोरै बादल) देखि सामान्य (धेरै बादल) बदली छ।

