• बुधबार, साउन १३ २०८३

काठमाडौंपछि दोस्रो धेरै संक्रमित चितवनमा


सोमबार, माघ १० २०७८
1.4K
Shares

कोरोनाको तेस्रो लहर चलिरहँदा चितवनमा पनि संक्रमितहरु तीव्र गतिमा बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लापछि दोस्रो धेरै संक्रमित चितवनमा थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३६ सय ३४ जनालाई कोरोना पुष्टि हुँदा चितवनमा दोस्रो धेरै ७९० जनालाई कोरोना देखिएको छ।

चितवनले काठमाडौं उपत्यकाको ललितपुरलाई उछिनेको हो। ललितपुरमा ५८७ जनामा कोरोना देखिएको छ। यस्तै भक्तपुरमा ४५४ जनालाई कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार