• शनिबार, असोज ३ २०८३

फरक क्षमता भएका यात्रु चढ्न र ओराल्न पुरानो बसपार्कमा विशेष ठाउँको व्यवस्था


सोमबार, माघ १० २०७८
745
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि सुरू गरिएको हो। 

महाशाखाले उक्त पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ। 

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौँ’, एसएसपी जोशीले भने।ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार