• शनिबार, असोज ३ २०८३

सशस्त्र प्रहरी बलमा यस्तो छ नयाँ कल्याणकारी योजना


सोमबार, माघ १० २०७८
1.2K
Shares

देशका चारवटा प्रदेशमा अस्पताल सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले अब सातै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्ने भएको छ। आफ्ना कर्मचारी र उनीहरुका सन्तानलाई सेवा दिने उद्देश्यले सशस्त्रले सबै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्न लागेको हो।

देशका सातवटै प्रदेशमा आफ्नै अस्पताल र विद्यालय सञ्चालनको लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। हाल सशस्त्रले चार प्रदेशमा अस्पताल सञ्चालन गर्दै आएको छ।

सशस्त्रले हाल प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा सञ्चालन गरिरहेको छ। अब गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा पनि अस्पताल सञ्चालन गरिने सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए।

यो वर्ष गण्डकी प्रदेशमा आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एकवटा फिल्ड अस्पताल विस्तार गर्ने तयारी सशस्त्रले अघि बढाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार