• बुधबार, साउन १३ २०८३

काेराेना संक्रमण बढेसंगै पालुङटार र धार्चेकाे सेवा बन्द, माछाखाेला बजार सिल


सोमबार, माघ १० २०७८
2K
Shares

गोरखा । काेराेना संक्रमण बढेसंगै पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेका छन् । केहिदिन यता पालिका क्षेत्रमा बसाेबास गर्ने नागरिक र कार्यालयमा कार्यरत कर्मचारीमा समेत संक्रमण देखिन थालेपछि जाेखिम घटाउन भन्दै दुई पालिकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरेकाे जनाएकाे हाे ।

पालुङटार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै माघ ९ र १० गते सेवा बन्द रहेकाे जनाएकाे हाे । त्यस्तै धार्चेले भने आज १० देखि माघ १४ गतेसम्म सेवा बन्द गर्ने जानकारी गराएकाे छ ।

धार्चेकाे केन्द्र माछीखाेला क्षेत्रमा संक्रमण फैलिएकाे भन्दै आजदेखि ५ दिन माछीखाेला बजार क्षेत्र सिल गरेकाे समेत जनाएकाे छ ।

यसअवधीमा बजार, बैंक तथा बित्तिय संस्था, पालिकाकाे कार्यालय लगायत सबै बन्द रहने गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङ्गले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार