• बुधबार, साउन १३ २०८३

नेपालमा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ४ सय ६२ संक्रमित


आइतबार, माघ ९ २०७८
615
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो।

देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। 

यस्तै १४१६ जना संक्रमणबाट मुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ७ सय ९१  जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ संक्रमित थपिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार