• शनिबार, असोज ३ २०८३

कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा एकजनाको मृत्यु


आइतबार, माघ ९ २०७८
515
Shares

धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो ।

दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका वडाध्यक्ष भिखराम चौधरीले बताए ,तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्यु भएको खबर आयो ।

अहिले शव आधारभुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुरीमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार