• शनिबार, असोज ३ २०८३

६ महिनामा ५१.१३ प्रतिशत बढ्यो आयात


आइतबार, माघ ९ २०७८
605
Shares

६ महिनामा आयात करिब १० खर्ब रुपैयाँ बराबरको पुगेको छ। साउनयता आयात ५१.१३ प्रतिशतले बढेको हो। 

गत वर्षको पुस मसान्तसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको आयात भएकामा यो वर्ष ९ खर्ब ९९ अर्व रुपैयाँ आयात भएको हो। 

चालु आर्थिक वर्षमा निर्यात ९५.४८ प्रतिशतले बढेको छ। पुससम्म १ खर्ब १८ अर्ब रुपैयाँका सामग्री निर्यात भएको भन्सार विभागले उल्लेख गरेको छ। 

निर्यात बढे पनि आयात पनि बढेकाले व्यापार घाटा ४६.६४ प्रतिशत बढेको छ भने वैदेशिक व्यापार ५४.८६ प्रतिशतले बढेको छ। 

आयातमा १ खर्ब ५३ करोड बराबरको पेट्रोलियम पदार्थ, ९६ अर्ब ५१ करोड रुपैयाँको स्टिल तथा आइरन, १ खर्ब ४३ अर्बको मेसिनरी तथा घरायसी सामग्री, ६१ अर्बको सवारीसाधन तथा तिनका पार्टस् आयात भएको विभागको तथ्यांकले देखाएको छ। 

निर्यातमा तेलजन्य पदार्थ मात्रै ६८ अर्ब ६७ करोड रुपैयाँ, साढे ५ अर्बको कपडा, कफी, चिया ४ अर्ब रुपैयाँ बराबरका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार