• शनिबार, असोज ३ २०८३

डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्यो, ३ जनाको मृत्यु


आइतबार, माघ ९ २०७८
555
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा  खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ । करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताए ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार