• शनिबार, असोज ३ २०८३

प्रियंका चोपडाको सन्तान छोरी, समयभन्दा १२ साताअघि नै जन्म


आइतबार, माघ ९ २०७८
815
Shares

बलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसी (भाडाको कोख) को सहयोगमा आमा बनेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ। अमेरिकी गायक तथा अभिनेता निक जोनासकी पत्नी प्रियंकाले शुक्रबार इन्स्टाग्राममार्फत आफूहरू बाबु–आमा बनेको जानकारी दिएकी हुन्। 

तर उनले छोरा वा छोरी के भएको हो र कहिले जन्म भएको हो आदि विस्तृत जानकारी इन्स्टाग्राममा दिएकी छैनन्। 

यसैबीच भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले भने उनीहरूको छोरी भएको र समयभन्दा १२ साताअघि नै जन्मिएको खबर सार्वजनिक गरेको छ। यसैकारण बच्चालाई अस्पतालमै राखिएको इन्डिया टुडेले उल्लेख गरेको छ। 

इन्डिया टुडेले लेखेको छ, ‘जाकारीअनुसार निक र प्रियंकाकी छोरी १२ साताअघि नै जन्मिएकी हुन्। उनको जन्म साउदर्न क्यालिफोर्निया अस्पतालमा भएको हो र उनी स्वस्थ नहुन्जेल अस्पतालमै राखिनेछ।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार