• शनिबार, असोज ३ २०८३

जीवन र अञ्जना अभिनित ‘तिम्रो याद’ सार्वजनिक ( भिडियो )


शुक्रबार, माघ ७ २०७८
1.5K
Shares

काठमाडौं – राजदरबार भित्रको प्रेम कथालाई समेटेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ।  

सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप घिमिरेको शब्द रहेको छ। गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडीलाई राजा रानीको भूमिकामा प्रस्तुत गरिएको छ ।  भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।

 

ताज प्लालेसमा  छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले  खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्।  निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो  सार्वजनिक गरिएको हो।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार