• शनिबार, असोज ३ २०८३

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित (सूचना सहित)


शुक्रबार, माघ ७ २०७८
755
Shares

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ।कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन्।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन्।

कोरोनाका कारण यसअघि नै त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डअनुसार विश्वविद्यालयका परीक्षा सञ्चालन भएका छन् कि छैनन् अनुगमन गर्न निर्देशन दिएका थिए।

प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न कलेजमा चलेका परीक्षा केन्द्रहरूको अनुगमन गरेका थिए।

हेर्नुस् सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार