• शनिबार, असोज ३ २०८३

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा


शुक्रबार, माघ ७ २०७८
1.2K
Shares

नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा साबिक विजेता आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलले पराजित गर्‍यो ।

आर्मीका कमला चन्दले ४, नीलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे । आर्मीकी अन्जना चन्द प्लेयर अफ दि म्याच घोषित भइन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो ।

कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना  प्लेयर अफ दि म्याच बनिन् । विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाए । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार