
पहिराका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान ११ बजेदेखि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित सडकमा बिहान २ः३० बजे सुक्खा पहिरो खस्दा यसअघि यातायात अवरुद्ध भएको थियो।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तीनवटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाइएको हो।
सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएपछि सवारीसाधन चल्न थालेका छन्।
