• शनिबार, असोज ३ २०८३

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध


शुक्रबार, माघ ७ २०७८
675
Shares

नारायणगढ-मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो पन्छाउने कार्य भइरहेको जानकारी दिएको छ।

पहिरो हटाउन केही घण्टा समय लाग्ने उक्त कार्यलयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार