sf7df8f}F, !^ j}zfvM
;jf/L ;fwg r]shfFr ub}{ ;'/IffsdL{
sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf Go"gLs/0fsf nflu ;/sf/n] nfu" u/]sf] aGbfaGbL cjlwdf a9L dfqfdf ;jf/L ;fwg rNg yfn]kl5 sf7df8f}Fsf] eb|sfnL ;8sdf dªunaf/ ;jf/L kf; eP gePsf] r]shfFr ub}{ ;'/IffsdL{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

