
गोरखा । गोरखामा गोरखामा काेराेनाका सकृय संक्रमितकाे संख्या २ सय ५७ पुगेकाे छ । विहिबार ५१ जना कोरोना संक्रममित थपिएसंगै सकृय संक्रमितकाे संख्या २ सय ५७ पुगेकाे हाे ।
जसमा बिहिबार थपिएकामध्ये २१ जना महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।


त्यस्तै बिहिबार नै गोरखा नगरपालिका वडा ११ का ४३ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ । अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । उनका अनुसार १२ बजे गोरखा अस्पताल पुगेका उनलाई एन्टिजेन परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


विहिबार गोरखा अस्पतालमा ८ महिला र १५ पुरुष, गोरखा नगरपालिकाले गरेको परिक्षणमा २ महिला र ३ पुरुष र पालुङटार नगरपालिकामा ४ महिला र ५ पुरुष, आरुघाट गाउँपालिकामा ६ जना महिला र ३ जना पुरुष, भिमसेनथापामा एक महिला र एक पुरुष, चुमनुब्री गाउँपालिका दुई पुरुष, अजिरकोटमा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।