• शनिबार, असोज ३ २०८३

लमजुङको मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द


बिहिबार, माघ ६ २०७८
515
Shares

लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जे कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालयसहित नगरको सबै वडा बन्द हुने बताए । स्वास्थ्य र सरसफाइ लगायतका सेवा भने निरन्तर चलिरहन्छ ।

यसरी सेवा बन्द गर्दा सेवाग्राहीको भीड नहुने र सङ्क्रमण फैलिन नपाउने भएकाले सेवा बन्द गर्नुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ । जिल्लामा हालसम्म १३० जना कोरोना भाइरस सङ्क्रमित छन् । तेस्रो लहर सुरु भएयता गत मङ्गलबार जिल्लाका मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार