

गोरखा । काेराेना संक्रमणबाट गोरखामा एक पुरुषकाे मृत्यु भएकाे छ । आज बिहिबार मध्यान्नतिर उपचारका लागि गोरखा अस्पताल पुगेका ४३ बर्षिय पुरुषकाे मृत्यु भएकाे हाे ।
गोरखा नगरपालिका वडा ११ का ति पुरुषको गोरखा अस्पतालकाे इमेरजेन्सी कक्षमा उपचारको क्रममा मृत्यु भएकाे अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।


उनलाई एन्टिजेन परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उपचार सुरु गरेको केही समयमै मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
हिजाे मात्रै समेत गोरखाका एक महिलाकाे काेराेना संक्रमणकै कारण मृत्यु भएकाे थियाे । पछिल्लाे समय जिल्लामा काेराेना संक्रमणकाे दर बढ्दै गएकाे बताइएकाे छ भने ज्वराे, रुघाखाेकी लगायतका लक्षण भएका बिरामीकाे संख्यामा समेत बृद्धि हुदै गएकाे छ ।
केहिदिनयता रुघाखाेकी र ज्वराेका बिरामीकाे चाप जिल्ला अस्पताल लगायत निजी अस्पताल र मेडिकलहरुमा बढ्दै गएकाे बताइएकाे छ ।

