पछिल्लो समय कोभिड संक्रमणको दर बढेको बढ्यै छ । तर परीक्षणको दर खासै बढेको छैन । त्यसमाथि परीक्षण गर्ने प्रयोगशाला पहिलाको तुलनामा थपिएको छैन ।
गण्डकि प्रदेशकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कोभिड परीक्षण गर्ने ६ प्रयोगशााला छन् ।


जसमा पोखरामा ३, नवलपुर, बागलुङ, तनहुँमा १/१ प्रयोगशालामा कोभिड १९ जाँच हुन्छ । अरु जिल्लामा कोभिड जाँच्ने प्रयोगशाला छैनन् । पछिल्लाे समय काेराेना भाइरसकाे संक्रमण बढ्दै जादा परिक्षण गराउन ल्याबकाे कमी हुन थालेकाे छ ।
जिल्लाबाट शंकास्पदकाे नमुना संकलन गरेर परिक्षणका लागि पाेखरा लगायतका ल्याबमा पठाएपनि समयमै रिपाेर्ट नआउने समस्या बढ्दै गएकाे स्वास्थ्यकर्मीकाे गुनासाे छ ।