गोरखा । गोरखा नगरपालिकाले मानवसेवा आश्रम गोरखालाई ८ लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख राजनराज पन्तले बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच उक्त रकम मानव सेवा आश्रमकी संयोजक मुना लामालाई हस्तान्तरण गरेका हुन् ।
गोरखामा रहेकाे मानव सेवा आश्रममा रहेका बालवालिकाको अध्ययन, खानपान, आबासका लागि सहयोग गर्ने उद्देश्यले अनुदान स्वरुप रकम उपलब्ध गराइएकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिती थियो । गत वर्ष पनि नगरपालिकाले आश्रमलाई सहयोग गरेको जनाएको छ ।