गोरखा । जराङ कप २०७८ को उपाधी आरुघाट एफसीले उचालेको छ । बारपाक सुलिकोट ८ जराङकाे जनप्रेमी युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा ढुङ्गेटार एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै आरुघाटले उपाधी उचालेको हो ।
सेमिफाईनलमा आरुघाटले आयोजक जनप्रेमी युवा क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो भने ढुङ्गेटारले न्यू दौँतरी युवा क्लव चित्रेपोखरीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
बिजेता आरुघाटले ७७ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र पाएको छ भने उप बिजेता ढुङ्गेटार एफसीले ३६ हजार, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा २८ टिम सहभागी थिए ।
माघ १ देखि ५ गते सम्म चलेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई ट्रफि मेडल सहित सम्मान गरिएको प्रतियोगिताका आर्थिक संयोजक रमेश बरामले बताए । बिकास अनुशासन गतिशिलता भन्ने नारा सहित जनप्रेमी युवा क्लवले जराङ कप गर्दै आएको छ ।