• शनिबार, असोज ३ २०८३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला


बिहिबार, माघ ६ २०७८
685
Shares

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।

अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकाला-धकालसमेत भएको थियो। विद्यार्थीलाई रोक्ने क्रममा सामान्य बल प्रयोग गरेको थियो।

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार