• शनिबार, असोज ३ २०८३

७ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचनासहित)


बिहिबार, माघ ६ २०७८
600
Shares

जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

दाङको बालन ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्ट्रक्सन जडिबुटी, डाइग्नोकेम जय शम्भु जेभी, हाँडिगाउँ, एसएनसी निर्माण सेवा प्रालि, बाँके, शाह निर्माण सेवा, रुपन्देही र आरोग्य कन्ट्रक्सन प्रालि काठमाडौंलाई सरकारले कालो सूचीमा राखेको हो। 

कालो सूचीमा राखेको अवधिभर अब यी निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ। सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन् ।

हेर्नुस् सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार