• शनिबार, असोज ३ २०८३

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)


बुधबार, माघ ५ २०७८
530
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले आज माघ ५ गते रातीदेखि लागु हुने गरि डिजेल, पेट्रोल , मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

जस अनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रु. ३।०० ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १३९।०० र रू. १२२।०० कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ । ०० अमेरिकी डलर कायम गर्ने निर्णय गरेको छ ।  एल.पी.ग्यासको विक्री मूल्य हाललाई यथावत राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार